बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद सप्ताह अन्तर्गत शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३ सहिद सप्ताह अन्तर्गत बिहीबार शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शहीद माथेमालाई फांसीमा झुण्ड्याइएको काठमाडौंको सिफलमा काठमाडौं महानगरपालीकाले माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको छ ।

१ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।

शहीद माथेमा राणाशासनको विरुद्धमा केही युवाहरुको सहयोगमा सन् १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणशासनविरोधी आन्दोलनमा होमिनुभएको थियो । यसअघि शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीप्रति उहाँलाई फाँसी दिइएको स्थान काठमाडौँको टेकुमा श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

सम्बन्धित खबर