बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने “राजेन्द्र श्रेष्ठ”

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भैरहेकोमा आफ्नो ध्यानाकार्षण भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले संविधानमा नै संविधानसँग बाझिएका सबै कानूनहरु स्वतः बदर हुन्छ भनिएको स्मरण गराउँदै स्थानीय तहको निर्वाचनको जटिलतालाई सरकारले फुकाउने दावी गर्नुभयो । उहाले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अहिले सरकार छलफलकै क्रममा रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि दावी गर्नुभयो । उहाले देश र जनताका लािग नयाँ ढंगले काम गर्नुपर्छ भनेर सरकार लागिरहेको बताउनुभयो । उहाले आफूहरुले स्थानीय तहको कर्मचारीको समस्या पनि समाधान गरिरहेको जिकिर गर्नुभयो ।२०७८२७८ माघ १२/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भैरहेकोमा आफ्नो ध्यानाकार्षण भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले संविधानमा नै संविधानसँग बाझिएका सबै कानूनहरु स्वतः बदर हुन्छ भनिएको स्मरण गराउँदै स्थानीय तहको निर्वाचनको जटिलतालाई सरकारले फुकाउने दावी गर्नुभयो । उहाले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अहिले सरकार छलफलकै क्रममा रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि दावी गर्नुभयो । उहाले देश र जनताका लािग नयाँ ढंगले काम गर्नुपर्छ भनेर सरकार लागिरहेको बताउनुभयो । उहाले आफूहरुले स्थानीय तहको कर्मचारीको समस्या पनि समाधान गरिरहेको जिकिर गर्नुभयो ।

सम्बन्धित खबर