बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेन राजेन्द्र लिङ्देन

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताउनुभएको हो । उहाले निर्वाचन सार्नका लागि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेको दावी गर्नुभयो । देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उहाले बताउनुभयो । उहाले मुलुकलाई सहि दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राख्नुभयो । उहाले राजनीतिक दलहरु सुध्रने र मुलुक वनाउने कुनै आशा नै नभएको टिप्पणी गर्नुभयो ।

सम्बन्धित खबर