बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्राङ्गारीक पद्धतिमा अगाडि वढेका कृषकलाई अर्गानिक प्रमाणपत्र दिने प्रारम्भिक तयारी

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ पछिल्लो समय अर्गानिक तरकारीबालीले राम्रो बजार पाउन थाले पछि झापामा केही कृषि फार्महरुले ठूलो क्षेत्रमा तरकारी खेतीलाई जोड दिन थालेका छन् । लगातार ३ बर्ष देखि खेती गर्ने किसानलाई यस बर्ष प्रारम्भीक तयारीको लागि तालिम गराउने कार्याक्रम नै तय गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो ।

अर्गानिक उन्मुख खेति गर्ने कृषकहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालनको तयारी गरिएको प्रमुख निलकमल सिंहले बताउनु भयो । खेती गर्ने कृषकलाई झापा जिल्लामा सरकारले ठूलो रकम खर्च गरेर प्राङगरिक मिसन कार्यक्रम संचालन गरेको ३ बर्ष भएको छ । दमक नगर पालिका वडा नं. ३ मा १७ विगाह क्षेत्रमा प्राङगरिक खेती गर्दै आएको मानसरोबरले यस बर्ष अर्गानिक खेतीको प्रमाण पत्र लिएर बजार समेत छुट्टै संचालन गर्ने तयारी गरेको संस्थाका अध्यक्ष विश्वनाथ बरालले बताउनु भयो । मानव स्वास्थ्य र वातावरणलाई ध्यान दिँदै व्यवसायिक प्राङगरिक खेती विस्तार गर्ने किसानको संख्या जिल्लामा बढ्दै जान थालेको छ । रासायनिक विषादीले असर गर्ने भन्दै प्राङगरिक खेतीलाई जोड दिन थालेको किसानले बताएका छन् । संघ, प्रदेश र स्थानीय सरकारले मल, विऊ र आर्थिक अनुदान दिन थाले पछि अर्गानिकउन्मुख खेतीमा लाग्न थालेका हुन् । पछिल्लो समय उपभोक्ताले पनि प्राङ्गरिक खेतीबाट उत्पादित तरकारीबाली नै खोज्न थालेकाले यसलाई प्रमाणित गरे बजार मुल्यमा सहजता आउने किसानले बताएका छन् ।

सम्बन्धित खबर