बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोनाले अस्पताल नै प्रभावित

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ पूर्वी नेपालमा अत्याधिक विरामीको चाप रहने झापाको दमक अस्पताल केही दिनका लागि बन्द गरिएको छ । अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखा परे पछि अस्पतालको सेवा आज देखि शुक्रबारसम्मलाई बन्द गरिएको छ । १५ वेडको दमक अस्पतालमा पछिल्लो समय विरामीको चाप प्रदेश नम्बर एकमै उच्च हुन थाले पछि अस्पतालमा करारका सहित १ सय १६ जना स्टाफ रहेका छन् । जस मध्ये दैनिक सेवामा खटिने आधा भन्दा धेरै कर्मचारीलाई कोरोना संक्रमण भएकाले अत्याआवश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको अस्पतालकी सूचना अधिकारी देव कुमारी दंगालले बताउनु भयो ।

अस्पतालमा यस अघि दैनिक ८ सय देखि १ हजारसम्म विरामीले सेवा लिँदै आएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खबर