बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२ / रनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताउनुभएको हो । एकै पटक निर्वाचन गरे उम्मेद्वारको पनि खर्च कम हुने उहाले बताउनुभयो । उहाले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सवै सीट गठबन्धन दलले जित्ने दावी पनि गर्नुभयो । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उहाको भनाई छ । त्यस्तै उहाले केपी ओली अल्पमतमा पर्ने भएपछि संसद बिघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्न बाध्य भएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले केपी ओलीमा व्यक्तिवाद हावी भएको र पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफुहरुले विद्रोह गर्नुपरेको बताउनुभयो । उहाले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलको बताउनुभयो । कार्यक्रममा बिभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।

सम्बन्धित खबर