बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८०

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२ / राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । यसअघि २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । २०६८ को जनगणनामा १ प्रतिशत भन्दा माथि जन्मदर रहेकोमा अहिले १ प्रतिशत भन्दा कम रहेको पाइएको बिभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । यसपटक महिला भन्दा पुरुषको जनसंख्या दुई लाखले बढेको उहाले बताउनुभयो । लामिछानेले सवैभन्दा बिकट छाङरुङ र टिकंरमा पनि जनगणना गरिएको जानकारी दिनुभयो । आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि अन्य बिधिबाट गणना गरिएको उहाले बताउनुभयो ।२०७८२७८ माघ १२ / राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । यसअघि २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । २०६८ को जनगणनामा १ प्रतिशत भन्दा माथि जन्मदर रहेकोमा अहिले १ प्रतिशत भन्दा कम रहेको पाइएको बिभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । यसपटक महिला भन्दा पुरुषको जनसंख्या दुई लाखले बढेको उहाले बताउनुभयो । लामिछानेले सवैभन्दा बिकट छाङरुङ र टिकंरमा पनि जनगणना गरिएको जानकारी दिनुभयो । आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि अन्य बिधिबाट गणना गरिएको उहाले बताउनुभयो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

सम्बन्धित खबर