बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सम्पन्न

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान भएको हो । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । कोरोना संक्रमण भएका मतदाताको लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाईएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सदस्य पदमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एकबाहेक १९ पदमा निर्वाचन भईरहेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । चुनावमा सत्ता गठबन्धनका ५ दलले साझा उम्मेदवार अघि सारेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । मधेश प्रदेशमा भने एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ

सम्बन्धित खबर