बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा ट्राफिक मार्फत ६ महिनामा १ करोड ५६ लाख २२ हजार राजश्व संकलन

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११/ जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६ महिनाको अवधिमा १ करोड ५६ लाख २२ हजार रुपैंया राजश्व समेत संकलन गरेको छ । पछिल्लो समय झापामा सवारी दुर्घटना बढ्दै गएको छ । सवारी साधनको उच्च चाप, सडकको दूरावस्था, सवारी नियमपालनामा चरम लापरबाहीलगायतका कारण जिल्लामा सवारी दुर्घटना बढ्दै गएको हो । पछिल्लो समय झापामा सवारी दुर्घटना बढ्दै गएको हो । सवारी साधनको उच्च चाप, सडकको दूरावस्था, सवारी नियमपालनामा चरम लापरबाही लगायतका कारण जिल्लामा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख निशेष चापागाईले वताउनु भयो ।

जिल्लामा चालु आर्थिक बर्ष २०७८ /७९ को पुष मसान्त सम्ममा ३ सय १३ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् । जसमा ६३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ६५७ सवारी दुर्घटना भएका थिए । जसमा ९३ जनाले ज्यान गुमाएको ट्राफिक कार्यालय प्रमुख निशेष चापागाईले वताउनु भयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक याम कुमार खड्काका अनुसार ट्राफिक नियम उल्घंन गर्ने दुई पाङ्ग्रे सवारीको सङ्ख्या अत्याधिक रहेका छन ।

जिल्लामा हरेक बर्ष दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या समेत बढ्दै गएको छ । जिल्लामा दुर्घटना बढेसंगै दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रिय रुपमा निगरानि वढाएको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री सडकहरुमा सञ्चालन हुने सवारीसाधनको गति मापन गर्न राडर गर्नको प्रयोग, जिल्लाका बिभिन्न ६५ स्थानमा जनचेतनामुलक होडिङ बोर्ड, चालक तथा सहचालकलाई अन द स्पोट ट्राफिक शिक्षा सहित आंखा जांच तथा ट्राफिक सप्ताह कार्यक्रम समेत सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईले जनकारी दिनु भयो । सवारी नियम उल्घंन गर्ने २३ हजार २ सय सवारी कारवाहीमा पर्दा प्रहरीले ६ महिनाको अवधिमा १ करोड ५६ लाख २२ हजार रुपैंया राजश्व समेत संकलन गरेको जिल्ला ट्राफिक कार्यालय झापाका सहयक प्रहरी निरिक्षक याम कुमार खड्काले जनकारी दिनु भयो ।

सम्बन्धित खबर