बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

उत्खनन कार्य पुरा गरी पुरातत्वबिज्ञहरुको टोली फर्कियो

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११/ केहिदिन अघिदेखी जारी विराटनगर भेडियारीस्थित पुरातात्विकस्थलको आंशिक उत्खनन कार्य पुरा भएको छ । उत्खननको क्रममा भेटिएका प्राचिन बस्तुहरुको नमुना संकलनगरि पुरातत्वबिज्ञहरुको टोली फर्किएको छ । गएको पौष २७ गतेबाट पुरातत्व विभागको टोलीले विराटनगर १८ को भेडियारीमा रहेको पुरातात्विकस्थलको उत्खनन शुरु गरेको थियो । महाभारतकालिन युगसंग जोडेर हेर्ने गरिएको यसठाउँमा पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको टोलीले यस क्षेत्रको एतिहासिक तथा पुरातात्विक महत्व पत्ता लगाउन उत्खनन गरेको थियो । महाभारतकालिन बिराट राजाको दरबार रहेको आकलन गरिएको उक्त क्षेत्रमा टोलीले प्राचिन महत्वका सामाग्रि तथा भग्नावशेषहरु फेला पारेको छ । उत्खनन गर्दा टोलीले २५ सय बर्ष पुरानो प्राचिन मन्दिरको जग फेला पारेको छ । सो मन्दिरको जग ४५ फुट बाई ४६ फुटको छ । यस्तै मन्दिरको जग भेटिएको ठाउँकै पुर्वी दक्षिण कुनामा २६ फुट बाई ९ फुट चौडाईको अर्को संरचना समेत भेटिएको छ । मन्दिरको जग भेटिएको स्थानभन्दा झण्डै साढे २ सय मिटर पश्चिमतर्फ स्थानिय महेन्द्र मण्डलको खेतमा समेत पुरातत्वको टोलीले उत्खनन गरी नमुना संकलन गरेको छ । सो ठाउँबाट भने माटोको सानो आकारको प्राचिन खेलौना जस्तो देखिने जनावरको मुर्ति समेत फेला परेको छ । मण्डलको खेतको मध्य भागमा झण्डै पानै २ मिटर खन्दा जमिनमुनिबाट सो मुर्ति फेला परेको जनाइएको छ । भेडियारीको २ स्थानमा उत्खनन गरेको टोलीले भेटिएका प्राचिन इट्टा,चारकोल,माटाका भांडाकुडाका टुक्राहरु तथा एनिमल फिगरेन संकलनगरि नमुना परीक्षणकालागि लगेको छ । संकलित नमुनाको कार्बन डेटिङ गरेर निर्माण बर्षको यकिन गरिने छ ।

मन्दिरको जग भेटिएको मुलढिस्को रहेको स्थानको उत्खनन गरी तस्विर खिचेर तथा नमुना संकलनगरेपछि टोलीले फेरी पुरेको छ । उत्खननमा निस्किएको मन्दिरको जगलाई पुरेपछि संरक्षकहरुले भने असतन्तुष्टि जनाएका छन । उत्खननमा निस्किएको मन्दिरको जगलाई घेराबेरा गरेर प्रर्दशनमा राख्नुपर्नेमा फेरी पुरिएकोमा उनिहरुले असन्तुष्टि जाहेर गरेका छन । नमुना संकलनकालागि उत्खनन गरिएको बताइएपनि यसअघि २०२४ सालमा समेत यसैस्थानमा यसैप्रकारको उत्खनन गरिएको थियो । सो समयमा समेत उत्खननपछि ढांचालाई फेरी पुरिएको थियो ।

सम्बन्धित खबर