बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मानवतस्करी रोक्न कार्यदल बनाइने

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११ / गृह मन्त्रालयले भ्रमण भिसाको दुरुपयोग गरि हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दुरुपयोग गर्दै मानवतस्करी हुने गरेको र यसले गर्दा बिभिन्न मुलुकमा नेपालीहरुले दुख पाउने गरेको बताउनुभयो । भ्रमण भिसालाई दुरुपयोग हुन नदिनका लागि कार्यदल नै बनाएर नियमन गर्नुपर्ने उहाको भनाई छ ।

मन्त्री खाँणले भ्रमण भिसामा गएर काम गर्ने र पछि समस्यामा पर्ने देखिएकाले यसमा सरकार गम्भीर रहेको भन्दै भ्रमण भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगर्न सजकता अपनाउनुपर्ने बताउनुभयो । त्यस्तै श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै १० हजार शुल्कका बिषयमा पनि अव पुनरावलोकन गर्नुपर्ने देखिएको धारणा राख्नुभयो । बैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपालीको समस्या सम्बोधन गर्न छुट्टै निकायको आवश्यता देखिएको उहाको भनाई छ । कार्यक्रममा सरोकारवालाहरुले सेटिङमा हुनेगरेको मानवतस्करी रोक्न चूनौति देखिएको भन्दै सवै निकायबीच समम्वयनकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबर