बुधवार, मंसिर १९, २०८१
Sancharmanch

बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया सुरु

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११/ सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थीत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो । सो क्रममा मन्त्री ओलले नियमबिपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पार्नुभयो । उहाले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले लुम्विनी बिकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै बिभिन्न ठाउमा गुम्वा लगाएत होटल बनाउने काम अघि बढेको जिकिर गर्नुभयो ।

आफुले लोकप्रीयताका लागि नभएर आफुले दायित्व मात्र निर्वाह गरेको उहाको भनाई छ । यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गर्नुभएको थियो । त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।

सम्बन्धित खबर