बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काठमाडौंमा सिटामोल अभाव हट्यो

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११/ काठमाडौंमा सिटामोल अभाव हट्दै गएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा बिभिन्न औषधी पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो । अनुगमनका क्रममा औषधी बिक्रेताहरुले पछिल्लो समय सिटामोल प्रयाप्त रुपमा आउन थालेको जानकारी दिएका थिए भने अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वर लगाएतका क्षेत्रका औषधी पसलमा अनुगमन गरेको र सिटामोलको अभाव नदेखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । त्यस्तै अनमनगरको भाटभटेनिमा बच्चालाई दुध खुवाउने बट्टामा रिलेवलीङ गरेको गुनासोको आधारमा अनुगमन गर्दा सात वटा बोटलामा रिलेवलीङ गरेको पाइएको र जाँचका लागि बाणिज्यमा पठाइएको उहाले बताउनुभयो । उहाले कोरोना नियन्त्रणका लागि लागू गरेको मापदण्डको निरन्तर अनुगमन हुने जानकारी दिनुभयो ।

सम्बन्धित खबर