बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लुम्बिनी प्रदेशका सबै नागरिकलाई पुर्ण खोप लगाउने तयारी

सोमवार, माघ १०, २०७८

२०७८ माघ १०/ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले प्रदेशका सबै नागरिकलाई पुर्ण खोप लगाउने तयारीमा सरकार लागेको बताउनुभएको छ । सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोनाको दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै खोप लगाउने कार्यमा सरकार द्रुत गतिमा अगाडि बढेको बताउनुभएको हो । मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखी १७ वर्ष सम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उहाँले फागुन सम्ममा सवैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताउनु भयो । त्यस्तै साक्षात्कार कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाउनुभयो । उहाँले नागरिकलाई खोप लगाउने विषय ,कोभिड नियन्त्रण तथा व्यवस्थापन , स्थानिय पालिकासंग समन्यवन र परिचालनको साथै कर्मचारी परिचालनमा कडाईका साथ नलागेको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षले महमारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउदैँ बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुनेमा जोड दिनुभयो ।

सम्बन्धित खबर