बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुग्यो

सोमवार, माघ १०, २०७८

२०७८ माघ १० / दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपुर्ण खेल खेल्न लागेको मोरिसस टिमका खेलाडी र अफिसियललाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । दशरथ रंगशालामा माघ १५ र १८ गते हुने खेलका लागि मोरिससको टिम काठमाडौं पुगेको हो । टिम काठमाडौंको भिभान्ता होटेलमा बस्नेछ । मोरिसस टिमको काठमाडौं पुगेपछि कोरोना परिक्षण हुनेछ, त्यसपछि उनीहरुको प्रशिक्षण तालिका राखिनेछ । खेल भन्दा पाँच दिन अगाडी नै काठमाडौं पुगेको मोरिसस टिमसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । नेपालसँगको खेल मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा मोरिससले लिएको छ । नेपालसँगको खेल निकै कठिन हुने बताउँदै आफ्नो लक्ष्य राम्रो फुटबल खेलेर नेपाललाई राम्रो प्रतिस्पर्धा दिने रहेको प्रशिक्षकले बताए । नेपाल आएको मोरिससको टिमका केहि मुख्य खेलाडीमा कोभिड भएकाले टिमसँग छैनन् । यसका साथै अरु केहि खेलाडी घाइते हुँदा नेपाल आएको छैनन् ।

सम्बन्धित खबर