बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ द्वारा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन

सोमवार, माघ १०, २०७८

२०७८ माघ १०/ अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५७ औं बर्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह पनि गर्नुभयो । उहाँले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको भन्दै लगानी त्यसमा लगानी बढाउन आग्रह गर्नुभएको हो मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गनुृभयो । उहाँले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रणालीको समेत सुरुवात गर्दै मन्त्री शर्माले यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गर्नुभयो । बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले ‘उपहार’ पुस्तकको लोकार्पण समेत गर्नुभएको थियो । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर