बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काकारीभिट्टा नकामा एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना पोजिटभ

सोमवार, माघ १०, २०७८

२०७८ माघ १० / पूर्वी नाका काकरभिट्टाबाट नेपाल प्रवेश गर्ने कोरोना संक्रमितहरुलाई आफ्नो घर सम्म पुग्नको लागि पालिकाको समन्वय अभाबका कारण कोरोना संक्रमणको जोखिम अरु बडदो छ। कोरोना संक्रमण फैलनुमा स्थानीय सजगता मात्र नभएर टाढाबाट आएकाहरुलाई सुरक्षित राख्न नसक्दा पनि जोखिम बढेर गएको पाईन्छ। काकारीभिट्टा नकामा आईतवार मात्र संकास्पद ३५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ७ जनामा कोरोना पोजिटभ भेटिएको छ जस्मा ५ पुरुष र् दुई महिला रहेका छन। पूर्वी नाका काकरभिट्टाबाट नेपाल प्रवेश गर्ने कोरोना संक्रमितहरुलाई आफ्नो घर सम्म पुग्नको लागि पालिकाको समन्वय अभाबका कारण पनि कोरोना संक्रमणको जोखिम अरु बढेर गएको पाईन्छ । नेपाल प्रवेश गर्नेहरुबाट कोरोना संक्रमणको जोखिम कम होस भनेर सिमा नाकामै एन्टिजेन परिक्षण, खोप नलगाएको भए खोपको व्यावस्था गरिएको छ । प्रवेश गर्नेहरुको खर्च अभावहुने हरुलाई मेची अञ्चल अस्पतालको होल्डिङ्ग सेन्टरमा राख्ने गरिएको छ। तर पर्याप्त होल्डिङ्ग सेन्टर नभएकाले साथै सुरक्षा निकायको मेनपावरको आभाको समस्या रहेको नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

सम्बन्धित खबर