बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारा नगरपालिबाट प्रबाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द

सोमवार, माघ १०, २०७८

२०७८ माघ १०/ अर्जुनधारा नगरपालिकाले नगरमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै नगरबाट प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राख्दै नगर स्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिसअनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको छ । नगर प्रमुख हरिकुमार रानाद्वारा हस्ताक्षरित सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गत नियमित औषधि सेवन गर्ने तथा ५ वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरङ्ग सेवा नियमित रुपमा सञ्चालन गर्ने उल्लेख छ । यस्तै, नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरूमा न्यूनतम सेवा प्रदायक उपस्थित भई सेवा प्रवाह गर्ने, अत्यावश्यकबाहेकका अन्य सेवाहरू माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ । उक्त अवधिमा सम्पूर्ण शाखाहरूले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको छ ।

सम्बन्धित खबर