बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न माओवादी केन्द्र प्रदेश १ को अपिल

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अपिल गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशिल)ले आइतबार संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नु भएको हो । ‘स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवम् सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई माघ १२ मा हुने निर्वाचनमा गठबन्धनतर्फका उम्मेद्वारहरुः गोपालकुमार बस्नेतलाई रुख चिन्हमा, जयन्ती राईलाई कलम चिन्हमा र हेमराज राईलाई छाता चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौं,’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन अगावै गठबन्धनका उम्मेद्वारहरुको पक्षमा सम्पूर्ण शक्ति लगाएर परिचालित हुन पनि पार्टी प्रदेश कमिटी हार्दिक आग्रह गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।’ माओवादी केन्द्रले वर्तमान पाँच दलीय गठबन्धन तथा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध शक्तिहरु यही गठबन्धनमा एकाकार बन्दै जाने अवस्था बनेको पनि उल्लेख गरेको छ । ‘प्रतिगमनको विपक्षमा दृढतापूर्वक उभिएका, मुलुकलाई संवैधानिक सर्वोच्चता, विधि र पद्धतीको माध्यमबाट अघि बढाउन दृढ संकल्पित र मुलुकको प्रगतिशिल रुपान्तरणका लागि प्रतिबद्ध हाम्रो गठबन्धनको राष्ट्रियसभा निर्वाचनमा शानदार जीत अवश्यम्भावी छ,’विज्ञप्तिमा भनिएको छ,’ यो गठबन्धनको एउटा मुख्य घटक दल नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी आफ्ना सम्पूर्ण संयन्त्रलाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको पक्षमा परिचालित हुन निर्देश गर्दछ ।’

सम्बन्धित खबर