बुधवार, असोज ३०, २०८१
Sancharmanch

गोपाल गौरीले दियो ११ जनालाई निशुल्क ढाका बुनाई तालिम

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९ / झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा शाखा कार्यालय भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानद्वारा वडा नं. १० का ११ जना महिलालाई ४५ दिने निशुल्क ढाका बुनाई तालिम दिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० को रु १ लाख ५० हजार आर्थिक सहयोगमा सञ्चालन भएको ४५ दिने ढाका बुनाई तालिम वाट ११ जना सहभागि महिलाहरुले शिप आर्जन गरेको संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनु भयो । २ जना प्रशिक्षकहरु रेश्मा वेघा र चन्द्रकला सापकोटा द्वारा ४५ दिनसम्म सञ्चालन भएको तालिम आइतवार समापन भएको छ । शिवसताक्षी गरपालिका उप प्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं. १० कि सदस्य तथा वोर्ड सदस्य मन्दिरा पाठकको अध्यक्षता रहेको थियो । दिगो विकास प्रतिष्ठानकि केन्द्रिय सदस्य निर्मला प्रधानले सञ्चालन गरेको कार्यक्रममा संस्थाकै केन्द्रिय सदस्य सुसिला न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो । अनन्तादर्श संस्कृत वेद विद्यालयको भवनमा ४५ दिन सम्म सञ्चालनन भएको तालिम सोहि विद्यालयमा समापन भएको थियो । कार्यक्रममा सुभकामना मन्तब्य राख्नु हुँदै शिवसताक्षी नगरपालिका वडा नं. १० का वडा सचिव सुरेन्द्र अर्यालले चालुृ आर्थिक वर्षमा कम वजेट सिमा भित्र रहेर तालिम सञ्चालन गरेको वताउदै आगामि वर्ष थप वजेट ब्यवस्थापन गरेर एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिनु भयो । त्यसै गरी कार्यक्रममा सुभकामना मन्तब्य राख्नु हुँदै अनन्तादर्श संस्कृत वेद विद्यालयका प्राचार्य बालकृष्ण शर्माले शिपमुलक तालिम सञ्चालन गरेर महिलाहरुलाई क्षमतावान तथा सक्षम वनाउन वडाको आर्थिक तथा गोपाल गौरीको प्राविधिक सहयोग अत्यन्तै प्रभावकारी भएको साथै यस्तो प्रकृतिको तालिम अझै पनि आवश्यक भउको वताउनु भयो । तालिममा सहभागि दुर्गा देवी रेग्मीले तालिमको सुरुवाती अवस्थामा निक्कै झन्जटिलो साथै अफ्ठ्यारो महसुस भए पनि सिक्दै जाँदा निक्कै सहज भएको वताउँदै तालिमको अवधि कम भएको, आफुहरुले केहि सिकौँ सिकौँ भन्दा भन्दै समय सकिएको हुँदा आगामि दिनमा थप तालिमको अपेक्षा गर्नु भयो । ढाका बुनाई तालिमको सुरुवातमा प्रशिक्षार्थिहरुले जाँगर मार्ने अवस्था आए पनि विस्तारै शिप सिक्न थालेपछि भने उत्साहि भएको वताउदै तालिमकी प्रशिक्षक चन्द्रकला सापकोटाले आगामि दिनमा आफ्ना विद्यार्थीलाई थप शिपको आवश्यकता भए घर घरमै पुगेर भए पनि साना मसिना समस्या समाधानमा निशुल्क सहयोग गर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय तथा सँस्थापक अध्यक्ष इन्दिरा गौतमले सँस्थाको शाखा कार्यालय झिलझिलेमा दिवा खाजा सहितको निशुल्क ढाका बुनाई तालिम सञ्चालन भइरहेको वताउँदै सहभागि प्रशिक्षार्थिहरुलाई कार्यालयसम्म पुगेर लाभ उठाउन अनुरोध गर्नु भयो । कार्यक्रममा वोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिका उप–प्रमुख भोजकुमारी नेपालले आगामि वजेट वाट ढाका बुनार्य सम्वन्धि थप तालिम सञ्चालन गर्न नगरमा प्रस्ताप पेश गर्ने वताउनु भयो । महिलाहरुको क्षमता अभिबृद्धि गर्दै थप ससक्त वनाउन नगरपालिकाले महिला मैत्री नगरको परिकल्पना गरेको वताउँदै पुरुष सरह महिलाहरुलाई पनि सक्षम वनाउन आफु लागिपरेको पनि उप–प्रमुख नेपालले जानकारी दिनु भयो । कार्यक्रमकी अध्यक्ष मन्दिरा पाठकले तालिमको सुरुवाती दिनहरु हेर्दा खासै फलदायी नदेखिए पनि तालिम समापनमा राम्रै उपलब्धी हाँसिल भएको वताउदै आगामि दिनमा थप साथ र सहयोगका लागि वडा प्रतिवद्ध भएको वताउनु भयो ।

सम्बन्धित खबर