बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चितवनको टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर गैँडा मर्यो

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आइतबार गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

सम्बन्धित खबर