बुधवार, कार्तिक २१, २०८१
Sancharmanch

उपत्यका भित्र सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९ / काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँचमा कडाई गरिएको हो । प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ । जोर बिरोजको नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ । निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ । माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।

सम्बन्धित खबर