बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत भयो

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णय पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक उपचार खोज्ने साथै यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाले कुनै पनि राजनीतिक दललाई बिचारको आधारमा प्रतिवन्ध लगाउन नपाइने व्यवस्था हुदा पनि आफ्नो दलका बारेमा अनावश्यक बिषयमा प्रश्न उठाउने अधिकार आयोगलाई नरहेको बताउनुभयो । उहाले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि आयोगले दिएको निर्देशन मान्य नहुने स्पष्ट पार्नुभयो । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन निर्देशन दिएको थियो ।

सम्बन्धित खबर