बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ललितपुरको बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ । बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक शिद्धि बिक्रम शाहले जानकारी दिनुभयो । उहाले व्यवसायीक रुपमा चोरी काम गर्ने व्यक्तिले मुर्ति चोरी भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पाँच÷छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित खबर