बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विश्वमा कोरोना सक्रमण वढ्दा नेपाल उच्च जोखिममा

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८ / भारतमा कोभिड संक्रमण बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ । तर सीमा क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना र कोभिड परीक्षण प्रभावकारी छैन् । अझ सीमा नाकाबाट दैनिक दर्जनौं नेपाल भित्रने मालवाहक सवारीका चालक र सहचालकको त कोभिड परीक्षण गर्ने व्यवस्था नै नहुंदा त्यसले झनै जोखिम बढाएको छ । भारतमा कोभिड संक्रमण अनपेक्षितरुपमा बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ । तर सीमा क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना र कोभिड परीक्षण प्रभावकारी छैन् । अझ सीमा नाकाबाट दैनिक दर्जनौं नेपाल भित्रने मालवाहक सवारीका चालक र सहचालकको त कोभिड परीक्षण गर्ने व्यवस्था नै नहुंदा त्यसले झनै जोखिम बढाएको छ । तर भन्सार अधिकारी सहित सम्बन्धीत सरोकारवाला निकायको यसमा ध्यान नै केन्द्रित हुन सकेको छैन । भारतबाट फर्कने नेपाली र घुम्न आउने भारतीय पर्यटकको त पुर्वी कांकरभिट्टा सीमा नाकामा परीक्षण हुन्छ । तर भारतबाट विभिन्न नाका हुँदै दैनिक भित्रिने ट्रकका चालक र सहचालकको भने न परीक्षण हुन्छ, नत उनीहरुले नै सावधानी अपनाएको देखिन्छ । तर यस तर्फ मेची भन्सार कार्यालयले पुरै वेवास्ता गरेको छ । नाकामा रहेको हेल्थ डेक्समा परीक्षण गराउने भारतीय नागरिक मध्ये करिव ५० प्रतिशतलाई संक्रमण देखिएको छ । कांकरभिट्टा नाकाबाट दैनिक सरदर १ सय हाराहारीमा मालवाहक सवारी नेपाल प्रवेश गर्छन् । यता जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले काँकडभिट्टा र भद्रपुर नाकामा आउजाउमा कडाइ गर्न निर्देशन दिंदै दैनिक उपभोग्य वस्तु खरिद गर्न भारत जाने नेपाली नागरिकलाई रोक लगाएको प्रशासनले जनाएको छ । केही समयअघि नाका खुकुलो भएपछि नेपाली नागरिक भारतीय सीमावर्ती बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्नेको भीड लागेको थियो । तर केहि दिनबाट संक्रमणदर बढ्दै जांदा नाकामा कडाई गरिएको प्रशासनको भनाई छ । नाकामा ओहोर दोहोर गर्ने पैदलयात्रुलाई स्वास्थ्य परिक्षण गरिए पनि दैनिक भित्रने सवारीका चालक–सहचालक विभिन्न सहरमा सरदर एक हप्ताभन्दा बढी समय बिताउँछन् र उनीहरुको धेरैसँग हिमचिम हुन्छ । तर नाकामा भन्सार कार्यालय सहित प्रशासनले स्वास्थ्य मापदण्ड पालनामा गरेको बेवास्ता र असावधानीले संक्रमण झनै बढाउने निश्चित छ ।

सम्बन्धित खबर