बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा हुनुपन बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँल

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८/ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले आगामी २०७९ जेठ ६ गते विहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न पाउनुपर्नेमा जोड दिनुभयो । नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो ।

२०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानूनी मान्यता दिने भनिएको पनि दावी गर्नुभयो । साक्षात्कारमा राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पर्नुभयो । तर उहाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आफ्नो बताउनुभयो । उहाले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गर्नुभयो । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । महतोले मुलुकभर ७६१ सभा÷सरकार रहेको उल्लेख गर्दै यी सरकारबीच अन्तरसम्बन्ध भएपनि सबै स्वायत्त रहेको धारणा राख्नुभयो । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागु हुने बताउनुभयो । उहाले स्थानीय तहको निर्वाचन समयावधि सकिएको ६ महिनाभित्र गर्नु भनेर संविधानले नै भनेकोले यसबाट दायाँबायाँ गर्न नमिल्ने स्पष्ट पार्नुभयो । अर्का अधिवक्ता डा. दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहको निर्वाचनको गर्न नमिल्ने बताउनुभयो ।

सम्बन्धित खबर