बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा एप्पल वेरी बयर खेती सफल

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८ / फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापाको कमल गाउँपालिका ४ मा पहिलो पटक सफलता प्राप्त गरेका छन् । नेपालमा व्यवसायिकरुपमा न्यून मात्र खेती हुँदै आएको एप्पल वेरी नामले चिनिने हाइवे्रड बयर खेती सफल बनेको छ । पछिल्लो समय भारतमा मात्र व्यवसायिक खेती गरिँदै आएको उन्नत प्रजातिको बयर खेतीको परिक्षण झापामा पनि सफलरुपमा भएको छ । यस बर्ष झण्डै १० लाख रुपयाँको खर्चमा कमल गाउँपालिका वडा नं. ४ किसान इन्द्रकुमार श्रेष्ठले ३ विगाह क्षेत्रमा रोपेको बयर राम्ररी फल्न थालेको छ । बयर खेतीसँगै घुसुवाबालीको रुपमा तोरी खेती समेत गरिएको छ । बयरको बोट बयस्क नभइन्जेल एउटै जमिनमा दोहोरो खेती गर्न सकिने र खेतीले सफलता लिँदै आएको किसानले बताएका छन् । नेपालमा व्यवसायिकरुपमा खासै नगरिएको बयर खेती पछिल्लो समय झापाका किसानले थालेका हुन् । पहिलो पटक गरिएको खेतीले केही सफलता देखाएको बयर खेती गर्दै आएको किसानले बताएका छन् । एप्पल बेरी अंग्रेजी नामले चिचिने उन्नत जातको बयर पछिल्लो समय भारतमा व्यवसायिकरुमा खेती हुने गरेको देखेर झापाका केही किसानले खेती थालेका हुन् । पहिलो प्रयासमै राम्रो फल्न थाले पछि बयर खेती थप विस्तार गरिने किसानले बताएका छन् ।

सम्बन्धित खबर