बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संविधानको भावना र मर्म अनुसार सवै तहको निर्वाचन हुनुपर्ने नेता प्रकाशमान सिंह

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्म अनुसार सवै तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । डा मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष बिषय पुस्तक बिमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता सिंहले संविधानको व्यवस्था अनुसार नै स्थानीय तह लगाएत अन्य तहको निर्वाचन हुनुपर्ने बताउनुभएको हो । उहाले निर्वाचनलाई पर ढकेलेर स्थानीय तहलाई पदाधिकारीबिहीन बनाउन नहुने धारणा पनि राख्नुभयो । फरक प्रसंगमा नेता सिंहले महाधिवेशनपछिको परिणामलाई लिएर पार्टीभित्रका नेताहरुलाई लखेट्ने काम बन्द हुनुपर्ने धारणा राख्नुभयो । उहाले आगामी दिनमा पार्टीलाई शसक्त बनाउनका लागि पार्टी महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै एकतावद्ध रुपमा अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो । नेता सिंहले प्रधानमन्त्रीले आफुलाई सरकारमा सहभागी गराउन कुनै प्रस्ताव नआएको भन्दै हल्लाका पछि नलाग्न सुझाव दिनुभयो । पार्टीलाई बिधिसम्वत लैजान आफुले महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेको र यसलाई बार्गेनिङ्को रुपमा नबुझ्न पनि आग्रह गर्नुभयो । त्यसअघि पुस्तक बिमोचनमा नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो ।

सम्बन्धित खबर