बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काठमाडौं उपत्यकामा जोर बिजोर

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८ / काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा शनिबारदेखि जोर–बिजोर प्रणाली लागू भएको छ । कोरोना महामारीलाई न्युनिकरण र रोकथामका लागि प्रशासन कार्यालयले सवारी साधान सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको हो । शनिबार उपत्यकाका बिभिन्न स्थानमा जोर–बिजोर प्रणाली कार्यान्वयन गराउनका लागि प्रहरीहरु सक्रिय देखिएका थिए । अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर–बिजोर प्रणाली लागू नहुने तीनवटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने भएको छ । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ । यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । यता सार्वजनिक यातायात व्यवसायीले सार्वजनिक गाडीमा जोर÷बिजोर प्रणाली कोरोना संक्रमण रोकथामका लागि व्यावहारिक नहुने तर्क गरेका छन् ।

सम्बन्धित खबर