शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

जनपरिचालनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

शनिवार, माघ ८, २०७८

२०७८ माघ ८ / नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले हाल पार्टीभित्र कुनैपनि कमिटी नरहेकाले जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाइ दिने निर्णय गरेको हो । कोरोना महामारीका कारण पार्टीको केन्द्रीय समिति बैठक केहि दिन पछि मात्रै बोलाउने र तत्कालका लागि जनपरिचालनका कामका लागि निर्देशन दिने जिम्मा प्रचण्डलाई दिने निर्णय भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको उहाले जानकारी दिनुभयो । त्यस्तै सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने बिषयमा पनि छलफल र परामर्श भएको नेता महराले जानकारी दिनुभयो । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर मात्रै चूनावका बारेमा आवश्यक निर्णयमा पुगिने उहाले बताउनुभयो । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका बिषयमा सहमति हुन सकेको छैन । यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने बिषयमा विज्ञहरुसंग छलफल गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर