बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गृहमन्त्री बालकृष्ण खाँण

शुक्रवार, माघ ७, २०७८

२०७८ माघ ७/ गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने स्पष्ट पार्नुभएको छ । शुक्रबार सिंहदरबारमा बिद्याथीसंगठनसंगठको छलफलका क्रममा गृहमन्त्री खाँणले मुलुकमा कानून नियम रहेको भन्दै कानून बाहिर गरेर क्रियाकलाप गरेको पाइने कारवाही गर्ने बताउनुभएको हो । उहाले बढी शुल्क लिने शिक्षण संस्थामाथि सरकारले अनुसन्धान सुरु गर्ने बताउनुभयो । अनुसन्धानका साथै कारवाही प्रक्रियालाई पनि अघि बढाउने उहाको भनाई छ । उहाले मेडिकल कलेजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरकारले प्रयत्न भएको तर बिधि बिधान बाहिर जाने कलेजलाई कानूनी कारवाहीको दायरामा ल्याएरै कारवाही हुने जिकिर गर्नुभयो । त्यस्तै शिक्षा मन्त्री पौडेलले गत पुस ३० गते शिक्षा मन्त्रालयसंगको छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्न मेडिकल कजेलले अटेर गरेको देखिएकाले कारवाही हुने स्पष्ट पार्नुभयो । ऐनले तोकिएभन्दा बढि शुल्क नलिने सहमति गर्ने तर कार्यान्वयन नगर्ने कलेजले सरकारलाई नटेरेको उहाको भनाई छ । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएको भन्दै बिद्यार्थीहरुले मन्त्रीद्वयसंग पुन छलफल गरेको हो ।

सम्बन्धित खबर