बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता, प्रधानमन्त्री शेरबहादुर देउवा

शुक्रवार, माघ ७, २०७८

२०७८ माघ ७ / प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताउनुभयो । सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको उहाको भनाई छ । सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको भन्दै खोपको अभाव हुन नदिने धारणा राख्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उहाको भनाई छ । त्यस्तै उहाले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुराउने दावी गर्नुभयो । उहाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दावी गर्नुभयो । उहाले मुलुकको आर्थिक बिकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी पनि दिनुभयो । देउवाले सरकार अहिले सहि दिशमा अघि बढिरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको पनि उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर