बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोर प्रणाली लागु हुने

शुक्रवार, माघ ७, २०७८

२०७८ माघ ७ / काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोरमा सवारी साधन संचालन हुने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि जोर बिजोर प्रणाली लागू गरेको हो । सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ । यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्नेबारे मात्र उल्लेख थियो । अत्यावश्यक काम बाहेकका सवारीमा जोरबिजोर लागू हुने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाले जोरबिजोर प्रणालीको निरन्तर अनुगमन गरिने बताउनुभयो । परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउने प्रशासन कार्यालयले जनाएको छ । पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर