बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने

शुक्रवार, माघ ७, २०७८

२०७८ माघ ७ /राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ । कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्नुभयो । नेपाली भूभाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उहाको भनाई छ । यसैगरी, पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको बताउनुभयो ।

सम्बन्धित खबर