बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही हुने, शिक्षा मन्त्रीको घोषणा

बिहिवार, माघ ६, २०७८

२०७८ माघ ६/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिसंगको छलफलका क्रममा उहाले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताउनुभएको हो । चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै बिद्यार्थीहरुले शिक्षा मन्त्रीसंग छलफल गरेका थिए । मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसंग छलफल भइसकेको र कारवाही गरेरै छाड्ने जानकारी दिनुभयो । त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने प्रतिवद्धता मन्त्रीले गर्नुभएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर