बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सार्वजनिक जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षण गर्न माग

बिहिवार, माघ ६, २०७८

माघ ६ /भक्तपुरको अरनिको राजमार्गमा जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिव सय रोपनी जग्गा भूमाफियाले हडपेको भन्दै स्थानीय नागरिक सरोकार समितिले संरक्षणको माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सममेलन गर्दै समितिले भक्तपुर सुर्यविनायक नगरपालिका–९ स्थित सार्वजनिक जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षण गर्न माग गरिएको हो । समितिले व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा ग्रिन हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ । वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिचांई, चरिचरण र वनजंगल माथि हस्तक्षेप गरेको समितिको आरोप छ । पत्रकार सम्मेलनमा समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनी भन्दा बढी जग्गा हाउजिङले कब्जा गरेको आरोप लगाउयनुभयो । सबै गाउँलेहरु एकिकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उहाले बताउनुभयो । सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रुपमा अगाडी बढ्ने चेतवनी दिनुभयो ।

सम्बन्धित खबर