बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहन आग्रह

बिहिवार, माघ ६, २०७८

माघ ६ /नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र युवा मञ्चले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा गुरुङले विश्व ध्रुविकरण भइरहेका बेला आन्तरिक र बाह्य रुपमा हुनसक्ने सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताउनुभएको हो । मुलुकमा सवै भाषा, संस्कृतिलाई समान अधिकार दिने क्रममा भाषा, संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाको भनाई छ । नेता गुरुङले राष्ट्र निर्माणको लागि सवै भाषा धर्म र संस्कृतिको सम्मान गर्न सके राष्ट्रिय एकता कायम हुने जिकिर गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर