बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सार्वजनिक स्थलमा मास्कको प्रयोग सम्वन्धि अनुगमन तिव्र

बिहिवार, माघ ६, २०७८

माघ ६ / जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सार्वजनिक स्थलमा मास्कको प्रयोगको अवस्थामा बारेमा बिहीबार पनि अनुगमन गरेको छ । प्रशासन कार्यालयको संयुक्त टोलीले कोटेश्वर, नयाँ बानेश्वर लगाएतमा क्षेत्रमा मास्कको प्रयोगको अवस्थामा बारेमा अनुगमन गरेको हो । टोलीले सार्वजनिक यातायात, हाटेल, रेष्टुरेन्ट, पसल, सपिङ मल लगाएतका क्षेत्रमा अनुगमन गरेको थियो । सो क्रममा मास्कको प्रयोग नगर्ने ८ जनालाई जनही रु १ सय रुपैया जरिवाना गरेको छ भने केहिलाई सम्झाईबुझाई छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । सार्वजनिक यातायातको अनुगमनका क्रममा सिट क्षमता भन्दा बढि यात्रु राखेको र स्यानीटाइजर तथा मास्क राखेको नपाइएकाले चालक र सहचालकलाई सम्झाई बुझाई गरेको उहाले बताउनुभयो । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको प्रोटोकललाई कार्यान्वयन गराउन नियमित अनुगमन गरिने पौडेलले बताउनुभयो । प्रशासनको संयुक्त अनुगमन टोलीमा प्रशासनका अनुगमन अधिकृत, प्रहरी लगाएत रहेका छन् ।

सम्बन्धित खबर