बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वढाउदा सर्वसाधारण थप मारमा

बिहिवार, माघ ६, २०७८

माघ ६ /कोरोना कहरका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा परेका छन् । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको असर अन्य बस्तुमा पनि देखिने भन्दै सर्वसाधारणहरु चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि दैनिक जिवनयापनमा पनि यसको असर देखिने उपभोक्ताहरुको भनाई छ । उनीहरुले निरन्तर हुने पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिकल्प खोज्नुपर्ने बताएका छन् । निगमनले भने अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको जनाएको छ । निगमले चालू आर्थिक वर्षमै ३ पटक मूल्यवृद्धि गरेको छ भने मूल्यवृद्धि पछि भने घाटा भने भइरहने जनाएको छ ।

सम्बन्धित खबर