बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा (एमाले) का नेता आनन्द पोखरेल द्वारा स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह

बुधवार, माघ ५, २०७८

माघ ५ /प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गर्नुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा पोखरेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत पनि गराउनुभयो । उहाले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । पोखरेलले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि जानकारी दिनुभयो । कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने उहाले बताउनुभयो ।

साक्षात्कारमा कांगे्रसका नेता मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको भन्दै आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न आग्रह गर्नुभयो । स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाले उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख बताउनुभयो । त्यस्तै उहाले निर्वाचनको मिति तय गर्नु र सम्पन्न गर्नु चाहीँ साझा विषय भएपनि निर्वाचनमा कसरी जाने भन्ने कुरा दलको आन्तरिक बिषय भएको बताउनुभयो ।

सम्बन्धित खबर