बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सर्वोच्च अदालतले कोरोना महामारीका कारण सेवा संकुचन गर्यो

बुधवार, माघ ५, २०७८

माघ ५ /सर्वोच्च अदालतले कोरोना महामारीको बढ्दो प्रभावलाई ध्यानमा राखेर बुधबारदेखि आफ्ना सेवा संकुचन गरेको छ । महामारीलाई ध्यानमा राखेर कम जनशक्तिले अत्यावश्यक काम मात्र गर्ने निर्णय गरेको सर्वोच्चले जनाएको छ ।

यस्तै मुद्दा दर्ता, निवेदन र अन्य तारेख दिनेलगायतका विषयमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्ने पनि सर्वोच्चले जनाएको छ । यसैगरी बैठकले बन्दी प्रत्यक्षीकरण र कोभिडसँग सम्बधित जरुरी प्रकृतिका रिट निवेदनको भने नियमित सुनुवाइ हुनेछ । यसैबीच कोरोना महामारीबीच पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शनलाई जारी राखेका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानन्यायधिशका कारण न्यायलय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गदै निरन्तर आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खबर