बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुरुङ्गा जेसीजको पद हस्तान्तरणसँगै चर्चित गायक प्रमोद खरेललाई अभिनन्दन

मङ्गलवार, माघ ४, २०७८

माघ४, / झापाको सुरुङ्गा जेसीजले एक विशेष कार्यक्रमका विच १३ औं पद हस्तान्तरण साथै उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट नागरिक सम्मान अन्तर्गत नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललाई उत्कृष्ट नागरिकको रूपमा सम्मान गरिएको छ । गायक खरेललाई स्वदेश तथा विदेशमा समेत नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सुरुङ्गा जेसीजसहित एक दर्जन बढी स्थानीय संघसंस्थाबाट सम्मान गरिएको हो । कार्यक्रममा वर्ष २०२२ का लागि सुरुङ्गा जेसीजको कार्यसमितिलाई पूर्णता दिइएको छ । यस अघि सम्पन्न वार्षिक साधारणसभाले सुष्मा न्यौपाने (उप्रेती) लाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्षसँगै दुईजना कार्यकारिणी उपाध्यक्षमा मेनुका उप्रेती र दीपेन्द्र प्रधान तथा उपाध्यक्षहरुमा विवेक शिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल र भीम राजवंशी तथा जनसम्पर्क अधिकारीमा खुश्बू पौडेल सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष उप्रेतीले महासचिवमा राजु पाठक र कानुनी सल्लाहकारमा प्रवीण तिम्सिनालाई मनोनयन गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयन गर्न सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु त्रिलोचन उप्रेती संयोजक, जबिन तिम्सिना र कमलप्रसाद कट्टेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले भूमिका खेलेको बताइएको छ । सुरुङ्गा जेसीज वर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवम् अष्ट्रेलियाका लागि पूर्व राजदूत जेसीआई सिनेटर महेश दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुरुङ्गा जेसीजको विभिन्न जिम्मेवारीमा रहेर हाल जेसीजबाट विदाई हुनुभएका डम्बर फूयाल, खेम प्रसाई, दिलकुमार कार्की, खेम अधिकारी र रामप्रसाद निरौलालाई कदर पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । जेसीजकी सदस्य विनिता विमलीले आस्थावाचन गर्नुभएको कार्यक्रममा टिकाराम भण्डारीले स्वागत गर्नुभएको थियो । महासचिव मेनुका उप्रेतीले संचालन गनुभएको कार्यक्रममा प्रदेश सभा सदस्य हीराकुमार थापा, सम्मानित व्यक्तित्व गायक प्रमोद खरेल, नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवा लगायतले जेसीजको नयाँ समितिको सफलताको कामना गर्नुभएको थियो ।

सम्बन्धित खबर