बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मधेश प्रदेशले पहिचान स्थापित भयो, राजेन्द्र महतो

मङ्गलवार, माघ ४, २०७८

माघ ४/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताउनुभएको छ ।


प्रदेश नंवर २ को नाम मधेश प्रदेश भएपछि राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उहाले बताउनुभयो । महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गर्नुभयो । त्यस्तै उहाले मधेशी जनताले यसअघि उठाउदै आएका अन्य मुद्धाहरुलाइ पनि स्थापीत गर्न निरन्तर खवरदारी गरिने धारणा राख्नुभयो ।

सम्बन्धित खबर