बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भारतमै कोरोना संक्रमण भएर आएकाहरुवाट समुदाय संक्रमणको उच्च जोखिममा

मङ्गलवार, माघ ४, २०७८

माघ ४, झापा/ पछिल्ला केहि दिनयता नेपालको पूर्वी सीमा कांकरभिट्टा नाकाबाट दैनिक हजारौं नागरिक प्रवेश गरिरहेका छन् । तर सीमा क्षेत्रमा होल्डिङ सेन्टर नहुँदा उनीहरू सिधै घर पुग्ने गरेकाले समुदायमै संक्रमण फैलिन थालेको हो । भारतमै कोरोना संक्रमण भएर आएकाहरु सिधै घर जाँदा झापामा पनि समुदायमै संक्रमण फैलिन थालेको छ । पछिल्लो केहि दिन यता नेपालको पूर्वी कांकरभिट्टा सीमा नाका हुदै हजारौं नेपाली स्वदेश फर्किए । दैनिक ५ सय हाराहारीमा यो नाकाबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् । जस मध्ये दैनिक १ सय हाराहारीलाई परिक्षण गर्दा २० प्रतिशतमा कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीको भनाई छ । तर नाकामै स्वास्थ्य परिक्षण फितलो हुंदा तथा व्यवस्थित आइसोलेसन र क्वारिनटिन नहुंदा संक्रमितमध्ये सिधै धेरै जना आ–आफ्नो घर–घरमा जाँदा समुदायस्तरमै संक्रमण फैलिएको छ । खुल्ला सीमाले यो संक्रमण अझ बढ्ने निश्चित छ । एकातिर भारतबाट आउनेहरुबाट समुदायमै संक्रमण फैलिँदै गए पनि नियन्त्रण गर्न तीनै तहका सरकार उदासिन देखिएका छन् । अर्को तर्फ भारत लगायतका तेस्रो देशबाट मालसामान बोकेर आउने ठूला तथा साना सवारी तथा तीनका चालक तथा सह–चालकको पनि स्वास्थ्य परिक्षण भएको छैन यसले ठूलो जोखिम निम्त्याए पनि भन्सार अधिकारीहरु चुपचाप वसेको पाइन्छ ।

कोरोना संक्रमणको तेस्रो लहर शुरुवात भएयता झापामा दुई संक्रमितको मृत्यु भइसकेको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५८ पुगेको छ । झापामा सोमबार सम्मको तथ्याङ्क हेर्दा ४१८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ७ जना अस्पतालमा भर्नारत र बांकी अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तो अवस्थाका बिच सीमा नाकाबाट दैनिक एक हजार मानिस आइरहेका छन् । संक्रमण तीव्र देखिए पनि व्यवस्थापनमा सरकारले खासै तदारुकता नदेखाउँदा महामारीले विकराल रुप नलेला भन्न सकिदैन । तसर्थ भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा नराख्ने हो भने अझै संक्रमण फैलिने जोखिम प्रवल छ ।

सम्बन्धित खबर