बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रधानमन्त्री शेर बहादुर देउवा द्वारा कोरोना महामारीसंग जुध्नका लागि सवै तयारी गर्न निर्देशन

सोमवार, माघ ३, २०७८

माघ ३ काठमाण्डौ /प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन दिनुभएको छ ।
सोमबार बालुवाटारमा बसेको बिपद न्युनिकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सवै क्षेत्रमा होल्डीङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन दिनुभएको हो । होल्डीङ सेन्टर र आइशोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको समेत प्रयोग गर्नुपर्ने उहाको भनाई छ । खोप प्रयाप्तलाई बढाएर बुष्टर डोजका साथै सवै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो । सवै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उहाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सवै सचेत रहनुपर्ने उहाको भनाई छ ।

बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिनुभयो । स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उहाले ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेश्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिनुभयो । नेपाल भारत खुल्ला सीमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उहाको भनाई छ । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले भर्चुअल रुपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ । बैठकमा बिपक्षी दलका नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका पदाधिकारी लगाएको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर