बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ नामकरण

सोमवार, माघ ३, २०७८

माघ ३ /सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गर्ने प्रस्ताव पारित भएको छ । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्त्रिृय भएको सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो । यसअघि सोमबार नै प्रदेशसभाबाट प्रदेश २ को राजधानी जनकपुरधाममा राख्ने प्रस्ताव पारित भएको थियो ।

सम्बन्धित खबर