बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीको सहज जित

सोमवार, माघ ३, २०७८

माघ ३, काठमाण्डौँ /सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ ।


सोमबार भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबमाथि २–० गोलको जित निकालेको हो । एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे । तर, एनआरटीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए । जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । जावलाखेलले ९ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ ।

सम्बन्धित खबर