बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अग्रपंक्तिमा खटिनेहरुका लागि काठमाडौं उपत्यकामा कोरोनाबिरुद्धको खोपको बुस्टर डोज सुरु

सोमवार, माघ ३, २०७८

अग्रपंक्तिमा खटिनेहरुका लागि काठमाडौं उपत्यकामा सोमबारबाट कोरोनाबिरुद्धको खोपको बुस्टर डोज दिन सुरु गरिएको छ ।


काठमाण्डौका १७ ठाउँमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन सुरु गरिएको हो । तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ । यस्तै कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कोराना बिरुद्धको खोप लगाउनेको संख्या बढेको छ ।

सम्बन्धित खबर