बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रचण्ड र विप्लवबाट अव क्रान्तिको सुरुवात हुन नसक्ने, मोहन वैद्य ‘किरण’

सोमवार, माघ ३, २०७८

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अव क्रान्तिको सुरुवात हुन नसक्ने बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बैद्यले पार्टी एकताका लागि बिभिन्न चरणमा छलफल भएको भन्दै अव प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताउनुभएको हो ।

दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफुले देखेको उहाले बताउनुभयो । मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरुको पार्टीमा व्यक्तिवाद हावी भएको महासचिव वैद्यले बताउनुभयो । बैद्यले अव पार्टीलाई शसक्त रुपमा क्रान्तिकारी धारका रुपमा अघि बढाउने समय आएको धारणा राख्नुभयो ।
कार्यक्रममा गोपाल किराती नेतृत्वको माओवादीमा रहेका नेताहरु नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर