बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विद्यालय स्थापना दिवसमा पशुपतिको सहयोग

सोमवार, माघ ३, २०७८

माघ ३ झापा झापाको शिवसताक्षी ८ स्थित पशुपति एकाडेमीले विद्यालय स्थापनाको ३२ वर्ष प्रवेशको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमा सहयोगका विविध कार्यक्रम संचालन गरेको छ । विद्यालय परिसरमा आयोजना गरिएको एक संक्षिप्त कार्यक्रमका विच शिवसताक्षी लायन्स क्लवका अध्यक्ष समेत रहनुभएका विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रसाद खनाल र कल्पना पौडेल खनालले शिवसताक्षी ८ को वडा कार्यालयलाई तीनवटा डस्वीन वितरण गर्नुभएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्टलाई मास्क, सेनिटाइजर र फेशसिल्ड वितरण गर्नुभएको छ । त्यस्तै धार्मिक तथा पर्यटकीय क्षेत्र सतासीधामकी ९७ वर्षिय एक जेष्ठ मातालाई खाद्य सामाग्रीसहित न्यानो कपडा वितरण गरिएको छ । सतासीधाम परिसरमै रहेको गौशालाका गाई, बाँदर, परेवा लगायतका पशुपंक्षीलाई समेत खाद्य सामाग्री दिइएको बताइएको छ । कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोेषलाई विद्यालयको तर्फबाट ११ हजार नगद सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रसाद खनाल र कल्पना पौडेल खनालले पत्रकार महासंघ झापाका सचिव डिकेश लामालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नागरिकको सूसुचित हुने हक रक्षाका लागि जोखिम मोलेर पेसामा रहेका पत्रकारको स्वास्थ्य उपचारकालागि स्थापना गरेको पत्रकार सहारा उपचार कोेषमा विद्यालय स्थापना दिवसको अवसरमा थोरै भए पनि रकम सहयोग गरेको संस्थापक प्रिन्सिपल खनालले बताउँनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको सभापतित्व एवम् शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक पदम पाठकको संचालन तथा संस्थापक प्रिन्सिपल खनालले स्वागत गर्नुभएको कार्यक्रममा शिवसताक्षी ८ का वडाअध्यक्ष केहरसिंह बस्नेतले विद्यालयको सफलताको कामना गर्नुभएको थियो ।

सम्बन्धित खबर